
आमनेपालीलाई विकास, सु–शासन र पहुँचयुक्त जनताको लागि सरकार निर्माण गरी सम्मुन्नत नेपाल हाम्रै प्रयासमा बनाउने।
DP Aryal
Welcome..
व्यावसायिक उत्तरदायित्वको कुशल ब्यबस्थापन र अनुभवलाई सामाजिक रूपान्तरणको अभियानमा आफूलाई उभ्याउँदै पछिल्लो समय समाजसेवामा समेत सक्रियता बढाएको छु । मैले भौगोलिक विकटतामा रहेको कालिकोट जिल्लाको रास्कोट सामुदायिक अस्पताल बनाउने सामाजिक कार्यमा आफूलाई अग्रणी भूमिकामा उभ्याई उक्त अस्पतालको सफल सञ्चालन गर्ने कार्यमा योगदान दिएको छु ।
विश्व महामारी कोभिड–१९ ले सम्पूर्ण विश्व नै आतङ्कित भइरहेको बेला मेरो पहलमा नेपालका विभिन्न अस्पतालमा अक्सिजन सिलिन्डरको व्यवस्थापन र वितरण गरी धेरै बिरामीलाई सहयोग पुर्याएको छु ।
यसका साथै कोरोनाको समयमा रोजगारी गुमाई खर्च अभावले दैनिक छाक टार्न नसकिरहेका धेरै नेपालीलाई खाद्यान्न तथा दैनिक उपभोग्य बस्तु वितरण गरी राहत तथा उद्धारमा पनि मेरो भूमिका रहेको थियो ।
आफ्नो जन्म थलो धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका सहित १३ वटै पालिकालाई कोरोना महामारीमा सहयोग उपलब्ध गराइ, आम नेपालीको सहज जीवनयापनमा मद्दत गरेको छु । यसका साथै विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध भई मेरो आफ्नो सामाजिक क्रियाशीलतासँगै सामाजिक रूपान्तरणको उत्तरदायित्व निर्वाह गरिरहेको छु ।
राजनीतिक कार्य अनुभव र नेतृत्व
बागमती प्रदेशको धादिङ जिल्लामा निम्न परिवारमा जन्मिएर, विदेशको अनुभव सहित एक सफल उद्यमी तथा व्यवसायीको रूपमा आफूलाई स्थापित गरेर आफ्नो ज्ञान सीप र धनलाई समुन्नतिमा खर्चेर मैले सयौँ नेपालीलाई नेपालमा रोजगारी प्रदान गरिरहेको छु । आफ्नो सामाजिक र आर्थिक योगदानको बृहत् अनुभवलाई नीतिगत सुधार र राष्ट्र निर्माण गर्ने गहन जिम्मेवारी लिई हाल म , राष्ट्रिय स्वतन्त्र पार्टीमा उपसभापतिको भूमिकामा रही राजनीति मा होमिएको छु । यही राजनीतिक दल बाट नेपालको २०७९ साल मङ्सिर महिनामा सम्पन्न आम निर्वाचनमा म खस आर्यको प्रतिनिधित्व गर्दै समानुपातिक सूचीबाट सङ्घीय सांसदको रूपमा निर्वाचित भएको छु ।
सांसदको रूपमा निर्वाचित भएपछि पार्टीका सभापतिको नेतृत्वमा सरकारमा सहभागी भई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बागडोर सम्हालिसकेको राजनीतिक कार्य अनुभव बटुलेको छु ।
My Commitment
रोजगारीको हकलाई कार्यान्वयन
राजनीतिक कार्यक्रम
झन्झटरहित सरकारी सेवा
Vision for the Country
मेरो राजनीतिक लक्ष
आयको अभिबृद्धि
उद्यमशिलता तथा आर्थिक कृयाशिलता मार्फत प्रतिब्यक्ति आयको स्तरमा अभिबृद्धि |
भ्रष्टाचार रहित सरकार
भ्रष्टाचार रहित निजी, सरकारी तथा गैर सरकारी क्षेत्र बनाउन कृयाशिलता
भौतिक संरचना निर्माण
बातावरणको न्यून क्षयिकरण गरी भौतिक संरचना निर्माण
गुणस्तरीय शिक्षा
निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्यको प्रवर्धन
आयको अभिबृद्धि
भ्रष्टाचार रहित सरकार
भौतिक संरचना निर्माण
गुणस्तरीय शिक्षा
कार्य तालिका
Stay in Touch with me
Contact Information
visit us
Our Location
चमती, १६ वनस्थली, काठमाडौं









