


आमनेपालीलाई विकास, सु–शासन र पहुँचयुक्त जनताको लागि सरकार निर्माण गरी सम्मुन्नत नेपाल हाम्रै प्रयासमा बनाउने।
DP Aryal
Welcome..
व्यावसायिक उत्तरदायित्वको कुशल ब्यबस्थापन र अनुभवलाई सामाजिक रूपान्तरणको अभियानमा आफूलाई उभ्याउँदै पछिल्लो समय समाजसेवामा समेत सक्रियता बढाएको छु । मैले भौगोलिक विकटतामा रहेको कालिकोट जिल्लाको रास्कोट सामुदायिक अस्पताल बनाउने सामाजिक कार्यमा आफूलाई अग्रणी भूमिकामा उभ्याई उक्त अस्पतालको सफल सञ्चालन गर्ने कार्यमा योगदान दिएको छु ।
विश्व महामारी कोभिड–१९ ले सम्पूर्ण विश्व नै आतङ्कित भइरहेको बेला मेरो पहलमा नेपालका विभिन्न अस्पतालमा अक्सिजन सिलिन्डरको व्यवस्थापन र वितरण गरी धेरै बिरामीलाई सहयोग पुर्याएको छु ।
यसका साथै कोरोनाको समयमा रोजगारी गुमाई खर्च अभावले दैनिक छाक टार्न नसकिरहेका धेरै नेपालीलाई खाद्यान्न तथा दैनिक उपभोग्य बस्तु वितरण गरी राहत तथा उद्धारमा पनि मेरो भूमिका रहेको थियो ।
आफ्नो जन्म थलो धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका सहित १३ वटै पालिकालाई कोरोना महामारीमा सहयोग उपलब्ध गराइ, आम नेपालीको सहज जीवनयापनमा मद्दत गरेको छु । यसका साथै विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध भई मेरो आफ्नो सामाजिक क्रियाशीलतासँगै सामाजिक रूपान्तरणको उत्तरदायित्व निर्वाह गरिरहेको छु ।
राजनीतिक कार्य अनुभव र नेतृत्व
बागमती प्रदेशको धादिङ जिल्लामा निम्न परिवारमा जन्मिएर, विदेशको अनुभव सहित एक सफल उद्यमी तथा व्यवसायीको रूपमा आफूलाई स्थापित गरेर आफ्नो ज्ञान सीप र धनलाई समुन्नतिमा खर्चेर मैले सयौँ नेपालीलाई नेपालमा रोजगारी प्रदान गरिरहेको छु । आफ्नो सामाजिक र आर्थिक योगदानको बृहत् अनुभवलाई नीतिगत सुधार र राष्ट्र निर्माण गर्ने गहन जिम्मेवारी लिई हाल म , राष्ट्रिय स्वतन्त्र पार्टीमा उपसभापतिको भूमिकामा रही राजनीति मा होमिएको छु । यही राजनीतिक दल बाट नेपालको २०७९ साल मङ्सिर महिनामा सम्पन्न आम निर्वाचनमा म खस आर्यको प्रतिनिधित्व गर्दै समानुपातिक सूचीबाट सङ्घीय सांसदको रूपमा निर्वाचित भएको छु ।
सांसदको रूपमा निर्वाचित भएपछि पार्टीका सभापतिको नेतृत्वमा सरकारमा सहभागी भई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बागडोर सम्हालिसकेको राजनीतिक कार्य अनुभव बटुलेको छु ।
My Commitment
रोजगारीको हकलाई कार्यान्वयन
राजनीतिक कार्यक्रम
झन्झटरहित सरकारी सेवा
DP Aryal Secretariat Office
डीपी अर्याल सचिवालय
कार्य तालिका
Stay in Touch with me
Contact Information
visit us
Our Location
काठमाडौं







