आजको कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। आम नागरिकको प्रतिनिधित्व गर्दै हामी फेरी एक पटक सरकारमा सहभागी भएका छौ । बेतिथि र सुशासनको लडाईमा हामी माझ थुप्रै चुनौती छन् । तर, हामी हाम्रो लक्ष्य प्राप्तीको लागि अडिग छौ । हामीबाट आम नागरिकको अपेक्षा पनि उतिकै छ । त्यसैले पनि हामीलाई अझै संवेदनशिल र सर्तक भएर काम गर्नुपर्ने आवश्यकता छ । तर, यस कार्यमा हामी सबै सदस्यको उतिकै जिम्मेवारी छ । त्यसैले आम जनताको विश्वासलाई कायम राख्न र मुलुक परिवर्तनको यो अभियानमा तपाईहरुको उतिकै साथ र सहयोग अपेक्षा गर्छु

