मेरो व्यक्तिगत ब्लगमा स्वागत छ !
परिचय
म दुई पुत्र र एक श्रीमतीको अभिभावक हुँ । मेरो जन्म धादिङ जिल्ला साबिकको मैदी गाविस र हालको ज्वालामुखी गाउँपालिकामा २०३१ सालमा एक सामान्य परिवारमा भएको हो । म २०४८–४९ साल तिर काठमाडौँ आएको हुँ । नेपालका लाखौँ युवाहरू जस्तै आफ्नो समृद्धिको सपना बोकेर म रोजगारीका लागि काठमाडौँ प्रवेश गर्दा सर्वप्रथम रेष्टुरेन्टको सामान्य मजदुरको रूपमा समेत काम गरेको छु । आफ्नो भविष्य निर्माण गर्न म जापान लगायत अमेरिका जस्ता देश पुगेर त्यहाँको ज्ञान, सीप र कमाइलाई नेपाल ल्याएर एक व्यवसायीको रूपमा आफ्नो परिचय स्थापित गरेको छु ।
व्यावसायिक कार्य अनुभव राष्ट्रिय अर्थतन्त्रमा योगदान
छोटो समयको विदेश बसाई पछि पर्यटन, वैदेशिक अध्ययनका लागि कन्सल्टेन्सी सेवा, सहकारी र शिक्षा क्षेत्रमा (निजी विद्यालय ) लगानी गरी व्यापार क्षेत्रमा क्रियाशील रहेको छु । विभिन्न क्षेत्रमा लगानी गरी स्वदेश तथा विदेशमा रोजगारी दिने, वैदेशिक मुद्रा भित्राउने लगायतका व्यावसायिक कार्य अनुभव बटुलेको छु ।
सामाजिक कार्य अनुभव र रुपान्तरणको प्रयास
व्यावसायिक उत्तरदायित्वको कुशल ब्यबस्थापन र अनुभवलाई सामाजिक रूपान्तरणको अभियानमा आफूलाई उभ्याउँदै पछिल्लो समय समाजसेवामा समेत सक्रियता बढाएको छु । मैले भौगोलिक विकटतामा रहेको कालिकोट जिल्लाको रास्कोट सामुदायिक अस्पताल बनाउने सामाजिक कार्यमा आफूलाई अग्रणी भूमिकामा उभ्याई उक्त अस्पतालको सफल सञ्चालन गर्ने कार्यमा योगदान दिएको छु ।
विश्व महामारी कोभिड–१९ ले सम्पूर्ण विश्व नै आतङ्कित भइरहेको बेला मेरो पहलमा नेपालका विभिन्न अस्पतालमा अक्सिजन सिलिन्डरको व्यवस्थापन र वितरण गरी धेरै बिरामीलाई सहयोग पुर्याएको छु ।
यसका साथै कोरोनाको समयमा रोजगारी गुमाई खर्च अभावले दैनिक छाक टार्न नसकिरहेका धेरै नेपालीलाई खाद्यान्न तथा दैनिक उपभोग्य बस्तु वितरण गरी राहत तथा उद्धारमा पनि मेरो भूमिका रहेको थियो ।
आफ्नो जन्म थलो धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका सहित १३ वटै पालिकालाई कोरोना महामारीमा सहयोग उपलब्ध गराइ, आम नेपालीको सहज जीवनयापनमा मद्दत गरेको छु । यसका साथै विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध भई मेरो आफ्नो सामाजिक क्रियाशीलतासँगै सामाजिक रूपान्तरणको उत्तरदायित्व निर्वाह गरिरहेको छु ।
राजनीतिक कार्य अनुभव र नेतृत्व
बागमती प्रदेशको धादिङ जिल्लामा निम्न परिवारमा जन्मिएर, विदेशको अनुभव सहित एक सफल उद्यमी तथा व्यवसायीको रूपमा आफूलाई स्थापित गरेर आफ्नो ज्ञान सीप र धनलाई समुन्नतिमा खर्चेर मैले सयौँ नेपालीलाई नेपालमा रोजगारी प्रदान गरिरहेको छु । आफ्नो सामाजिक र आर्थिक योगदानको बृहत् अनुभवलाई नीतिगत सुधार र राष्ट्र निर्माण गर्ने गहन जिम्मेवारी लिई हाल म , राष्ट्रिय स्वतन्त्र पार्टीमा उपसभापतिको भूमिकामा रही राजनीति मा होमिएको छु । यही राजनीतिक दल बाट नेपालको २०७९ साल मङ्सिर महिनामा सम्पन्न आम निर्वाचनमा म खस आर्यको प्रतिनिधित्व गर्दै समानुपातिक सूचीबाट सङ्घीय सांसदको रूपमा निर्वाचित भएको छु ।
सांसदको रूपमा निर्वाचित भएपछि पार्टीका सभापतिको नेतृत्वमा सरकारमा सहभागी भई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बागडोर सम्हालिसकेको राजनीतिक कार्य अनुभव बटुलेको छु ।
मेरो राजनैतिक जीवन यात्रा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्नेदेखि सङ्गठन निर्माणमा भूमिका खेली रहेको छु । नेपालको विकृत राजनीतिक अवस्थाका कारण नेपालीहरूले कहिल्यै अनुभूत हुने गरी विकास, समृद्धि, सु–शासन, शिक्षा स्वास्थ्य र रोजगारीमा समान पहुँच र ‘म नेपाली हुनुमा गर्व गर्छु’ भन्ने अवस्था नेपालीले महसुस गर्न नपाएको मैले महसुस गरेको छु । त्यसैले राजनैतिक रुपान्तरणमा मेरो विगतको अनुभवलाई प्रयोग गर्दै हरेक नेपालीले सम्मानित, समुन्नत र गुणस्तरीय जीवन निर्माण गर्ने मेरो अठोट हुनेछ ।
लक्ष
आम नेपालीलाई विकास, सु–शासन र जनताको लागि पहुँचयुक्त सरकार निर्माण गरी समुन्नत नेपाल हाम्रै प्रयासमा बनाउने
मुख्य मूल्य मान्यता
भ्रष्टाचार रहित निजी, सरकारी तथा गैर सरकारी क्षेत्र बनाउन क्रियाशीलता, समुन्नत राष्ट्र निर्माणमा सबैको योगदान समावेशी लोकतन्त्रको लागि जनता र संविधान
रणनीति
निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्यको प्रवर्धन, उद्यमशीलता तथा आर्थिक क्रियाशीलता मार्फत प्रतिव्यक्ति आयको स्तरमा अभिवृद्धि, वातावरणको न्यून क्षयीकरण गरी भौतिक संरचना निर्माण
Political Program
Core Principals
Our Members

As an MP, DP Aryal:
- Always respect hardworking taxpayers
- Enforce Quality of Life laws for all the Nepali people
- Support our veterans and seniors
- Promote an environment in which small businesses can create jobs
